- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । दार्चुलाको लिपुलेकको पक्षमा सोमबार काठमाडौंमा विभिन्न समुहले विरोध प्रर्दशन गरेका छन् । भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालमा विभिन्न समुहले प्रर्दशन गरेका हुन् ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएको अवस्थामा सडकमा प्रर्दशन गरेको भन्दै प्रहरीले नेविसंघका नेताहरुलाई पक्राउ गरेको छ ।
यस्तै आजै दिउँसो राष्ट्रिय सीमा रक्षा अभियानका अभियान्ताहरुले पनि भारतले नेपालको भूमिमा सडक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए । उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । तर प्रदर्शनमा भने प्रदर्शनकारी भन्दा बढी पत्रकार देखिएका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :