×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बहुचर्चित युनिटी लाइफका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु, कारण अत्याधिक ‘जाँडपानी’ सेवन !

LAXMI SUNRISE BANK

बहुचर्चित युनिटी लाइफका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु, कारण अत्याधिक ‘जाँडपानी’ सेवन !

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ ।  ४६ वर्षीय क्षेत्रीको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । 
अस्पतालका सञ्चालक लोक बहादुर टण्डनका अनुसार मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो । यस्तै उनमा अत्याधिक मदिरा सेवनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको पनि बताइएको छ ।
बहुचर्चित युनिटी घोटाला काण्डको मुख्य अभियुक्त मानिएका उनि केही समय जेल समेत बसेका थिए । पिरामिड आकारको सञ्जाल बनाई रकम उठाएको र ३ लाख ४० हजार सदस्यबाट ३ अर्ब भन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेको भन्दै जिल्ला अदालत ललितपुरले क्षेत्रीसहित १२ जनालाई जेल सजाय सुनाएको थियो ।  लामो समय भारतमा लुकेर बसेका विष्णु क्षेत्री र कृष्ण क्षेत्रीलाई २०७२ सालको साउनमा महानगरीय अपराध माहाशाखाको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै जेल चलान भएका क्षेत्री लगायतले उच्च अदालतमा पुनरावेदन गरेका थिए । 
उच्च अदालत पाटनले सञ्चालक विष्णुसहित १२ जनालाई २७ कात्तिक २०७४ मा ठगी मुद्दाबाट सफाई दिएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी