
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराएका छन् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क आज नेपाल पत्रकार महासङ्घ रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका सचिव निर्मल जिसी, प्रचार विभाग प्रमुख मोहन चापागाईँ र क्षेत्र नं २ का संयोजक तेजेन्द्र केसीले प्रेस अङ्कित ज्याकेट र मास्क महासंघलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा नेकपा रुपन्देहीका सचिव जिसीले महामारीका संकटमा परिचयसहित कार्यथलोमा खटिँदा पत्रकारलाई केही हदसम्म सुरक्षा कायम हुन सक्ने बताए । नेकपा महासचिव तथा रुपन्देहीका प्रतिनिधिसभा सदस्य पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारका लागि उक्त सामग्री उपलब्ध गराएको नेकपा प्रचार विभाग प्रमुख चापागाईँले बताए । प्राप्त सामग्री महासंघका सदस्यलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्