Skip to content
LAXMI SUNRISE BANK

अख्तियारद्वारा प्राधिकरणका इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीविरुद्ध भ्रष्टाचारको मुद्दा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडाका इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा प्रवेशको क्रममा उनले श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाबाट कक्षा–८ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको भन्दै बुधबार मुद्दा दायर गरेको हो ।अनुसन्धानका क्रममा पुडासैनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK