×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोबजारी मुद्दा लागेका तीन उद्योगीसहित ६ जना धरौटीमा रिहा

LAXMI SUNRISE BANK

कालोबजारी मुद्दा लागेका तीन उद्योगीसहित ६ जना धरौटीमा रिहा

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – लकडाउनमा दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका बारा पर्सा औद्योगिक करिडोरका तीन उद्योगीसहित ६ जना धरौटी बुझाएर छुटेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले कालोबजारी मुद्दामा उनीहरुसँग ६३ लाख ८२ हजार रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाएर उनीहरु आइतबार नै रिहा भएका छन् ।
दाल कालोबजारी मुद्दामा उद्योगीहरु मोहनलाल चाचन, पवनकुमार झा, मुक्ती कुमार अग्रवाल र उनका प्रतिनिधिहरु सुनिल कुमार सिंह, सुरेश प्रसाद, सन्तोष झालाई प्रहरीले पक्राउ गरेको थियो । मुक्ती कुमार अग्रवाललाई शनिबार पक्राउ गरिएको थियो भने अन्य पाँच जनालाई वैशाख १४ गते पक्राउ गरिएको थियो । उनीहरु आवद्ध करिडोरका तीन वटा उद्योगले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको दाबीसहित प्रहरीले उनीहरुविरुद्ध प्रशासनमा कालोबजारी मुद्दा दर्ता गरेको थियो ।
बाराको परवानीपुर गाउँपालिकको चैनपुर स्थित नारायणी मोर्डन पल्सेस इन्ड्रष्ट्रिजका सञ्चालक चाचनसँग १८ लाख ५० हजार, सुनिलसँग १ लाख ५० हजार, बाराकै छातापिपरा स्थित कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवनसँग १९ लाख १७ हजार, सुरेशसँग १ लाख ५० हजार, बाराकै परवानीपुर लिपनीमाल स्थित महावीर दाल उद्योगका मुक्ती कुमारसँग २१ लाख ६५ हजार र सन्तोषसँग १ लाख ५० हजार धरौटी माग गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी