×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भीर छ’ : परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भीर छ’ : परराष्ट्रमन्त्री ज्ञवाली (भिडियो रिपोर्ट)

Artha Sarokar

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १० देखि ३० प्रतिशतले रोजगारी गुमाउन सक्ने र त्यसबाट उत्पन्न हुने चुनौतिलाई व्यवस्थापन गर्न सरकारले योजना बनाइराखेको मन्त्री ज्ञवालीले बताउनुभयो । 
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)को कारण देश भित्रै उत्पन्न हुने बेरोजगारी र बाहिरबाट फर्कनेहरुको व्यवस्थापन चुनौतिपूर्ण भएपनि सरकारले योजनाबद्ध रुपमा काम गर्ने तयारी गरिराखेको बताउनुभयो । 
उहाँले भन्नुभयो ‘कोभिड १९ का असरहरु श्रम बजारमा कति गहिरो पर्ने हो भन्ने कुराको यकिन भन्न सकिदैन् । तर हामी १० देखि ३० प्रतिशतको स्थितिमा हामीले वैदेशिक श्रम बजार गुमाउँछौं । त्यसको एकैचोटी दुई खालको असर पर्छ । एउटा त्यहाँ गएकाहरुले ठूलो संख्यामा रोजगारी गुमाएर आउनुहुन्छ दोस्रो यहाँ प्रति वर्ष तयार हुने झण्डै पाँच लाखको हिसाबले नेपाली श्रम बजारमा आउने युवाशक्ति जसमध्ये साढे ३ लाख ४ लाखको निम्ति सहज गन्तब्य बनेको थियो त्यो पनि साघुरिन्छ ।
देशभित्र नै बेरोजगारी कायम रहन्छ बाहिरबाट फर्किनेको संख्या झन बढ्छ र यो बेरोजगारीको व्यवस्थापन हाम्रो निम्ति आउँदो दिनहरुमा असाध्यै ठूलो चुनौतिको रुपमा रहने कुरा सरकारले गम्भिरतापूर्वक लिएको छ । त्यसका निम्ति विभिन्न खालका योजनाहरुको तयार पनि गरिराखेका छौं ।’ कोभिड १९ बाट सिर्जना भएको समस्याका लागि विदेशमा रहेका नेपाली दुतावासहरु नियमित जानकारी लिने र सम्बन्धित सरकारसँग पनि पहल भइराखेको मन्त्री ज्ञवालीले बताउनुभयो । 
उहाँले खाडी देशहरुमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीहरुलाई समस्या परेको सम्बन्धमा दुतावासमा निरन्तर सम्पर्क गरी समस्याको समाधान गर्ने र आर्थिक समस्यामा पर्नेहरुका लागि राहतको व्यवस्था गर्ने काम भइराखेको बताउनुभयो । यस्तै सबै मुलुकमा प्रधानमन्त्री स्तरबाट र मन्त्रालय स्तरबाट समेत पनि छलफल र उद्दारका लागि पहल भइराखेको उहाँले बताउनुभयो ।
विदेशमा रहेका संक्रमित नेपालीहरुको निःशुल्क उपचार भइराखेको तर देशभर संक्रमण धेरै भएपछि सामान्य अवस्थामा रहेकालाई अस्पतालले घरमै बसेर आराम गर्न आग्रह गर्दा नेपालीहरुमा मनोवैज्ञानिक अप्ठेरो परेको बताउनुभयो । उहाँले कोरोना भाइरसको कारण लकडाउन हुने र हवाई उडान बन्द हुँदा विदेशमा रहेका नेपालीहरुको भिजा अवधि सकिने, श्रमिकहरुको करार अवधि सकिने र अवैध भई कानूनी समस्या आउन सक्छ कि भन्ने समस्या देखाप रेको बताउनुभयो । 
 उहाँले थुप्रै देशहरुले कामदारहरु कटौति गर्ने र रजिस्ट्रेसन सुरु गरेको अवस्थामा खर्चको अभाव हुने समस्या आएको समेत बताउनुभयो । तर अधिकांश देशहरुले भिजाको अवधि तीन महिना थपेकाले भने कुनै समस्या नहुने र सरकारले पनि त्यसमा पहल गरिराख्ने भएकाले कुनै समस्या आउन नदिने बताउनुभयो । नेपालबाट श्रमका लागि भारत, साउदी अरेयिबा, युएई, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, साइप्रस, इजरायल लगायतका देशहरुमा नपालीहरु गएका छन् । यसबाहेक अन्य धेरै मुलुकमा अध्ययन, तालिम, श्रम गर्न तथा घुम्नका लागि गएका नेपालीहरु रहेका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी