×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जना फाइनान्सको वित्तीय विवरण हेर्दा लगानीकर्ता ‘तिरीमिरी झ्याई’, प्रति सेयर आम्दानीको क्यालकुलेसन मिलेन !

PRIME CA

सिर्जना फाइनान्सको वित्तीय विवरण हेर्दा लगानीकर्ता ‘तिरीमिरी झ्याई’, प्रति सेयर आम्दानीको क्यालकुलेसन मिलेन !

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिर्जना फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार गत वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको नाफा ११.२२ प्रतिशतले घटेको छ। सार्वजनिक भएको वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 
सार्वजनिक विवरण अनुसार फाइनान्सको खुद ब्याज आम्दानी १० करोड ८७ लाख रुपैयाँबाट बढेर २२ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने फाइनान्सको निष्कृय कर्जा अनुपात २.११ प्रतिशत रहेको छ । फाइनान्सको निक्षेप संकलन ६ अर्ब १७ करोड रुपैयाँबाट बढेर ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४ अर्ब ४४ करोड रुपैयाँबाट बढेर ६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने हाल ७३ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा १३ करोड ७७ लाख रुपैयाँ रहेको छ। 
इपीएस क्याल्कुलेसनमा अलमल ! 
फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २० पैसा रहेको छ । तर, फाइनान्सले वित्तीय विवरणमा प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४५ पैसा उल्लेख गरेको छ। यसले लगानीकर्ताहरुलाई अलमलमा पारेको छ । वार्षिक प्रतिशेयर आम्दानीका आधारमा गणना गर्दा फाइनान्सको मूल्य आम्दानी अनुपात १७.२१ गुणा हुने देखिएको छ । फाइनान्सले सार्वजनिक गरेको तेश्रो त्रैमासको वित्तीय विवरण मूल्य आम्दानी अनुपात ७.६५ गुणा उल्लेख्य गरिएको छ । यस विषयमा हामीले फाइनान्सका सूचना अधिकारी प्रवेश अर्यालले लेखापरिक्षक अस्वीनी बंशललाई सोधेरै २७ रुपैयाँ ४५ पैसाको हिसाब निकालेको दाबी गरेका छन् । उनले एनएफआर एस अनुसार हिसाब गर्दा यस्तो नतिजा आउनेसमेत दाबी गरेका छन् । तर कम्पनीका लेखापरीक्षक अश्विनी बंशलले भने आफुले प्रकाशित विवरण हेर्न नभ्याएको बताएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: