
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ । चार महिनाअघि रोजगारीका लागि भारतको हरियाना गएका धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा ज्यान गएको थियो ।
उनको शवलाई नेपाली सेनाको टोलीले बुधबारै प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको थियो । स्वाब संकलनपछि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
कोरोना नदेखिएपछि उनको मृत्यु भोककै कारण भएको परिवारले दावी गरेको छ । झण्डै महिना दिनदेखि च्यूरा र भुजा मात्रै खान बाध्य भएका उनी जटही नाकामा आउँदा बेहोस भएका थिए । भोकले थलिएका उनले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए ।
उनको फोन आएलगत्तै उनका भाइ धिरेन्द्रसहित परिवारका ४ जना राति दुई घण्टा लगाएर एम्बुलेन्स खोजेका थिए । तर उनलाई ल्याउन नदिँदा भोकले बेहोस भएर उनको मृत्यु भएको परिवारजनले बताउँदै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्