Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमितको संख्यामा ब्राजिलमा एकैदिन देखियो कीर्तिमानी वृद्धि, कति पुग्यो कुल संक्रमितको संख्या ?

अर्थ सरोकार

काठमाडौँ । कोरोना भाइरसको इपिसेन्टर बनिरहेको ब्राजिलमा एकैदिन कीर्तिमानी संख्यामा नयाँ संक्रमितहरू फेला परेका छन्। रोयटर्समा प्रकाशित समाचारका अनुसार त्यहाँ एकैदिन २६ हजार ४ सय १७ जनामा कोरोना पुष्टि भएपछि नयाँ रेकर्ड बनेको हो।
संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा भने अमेरिका रहेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलभर संक्रमित संख्या ४ लाख ३८ हजार २ सय ३८ भएको छ। यसैगरी ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७ सय ५४ पुगेको छ। -एजेन्सी
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK