×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राजिलमा २४ घण्टामा भेटिए १३ हजार ९ सय ४४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या कति पुग्यो ? (अपडेट)

LAXMI SUNRISE BANK

ब्राजिलमा २४ घण्टामा भेटिए १३ हजार ९ सय ४४ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या कति पुग्यो ? (अपडेट)

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । बिहीबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा ब्राजिलमा १३ हजार ९ सय ४४ नयाँ संक्रमित फेला परेका हुन् । 
यससँगै ब्राजिलमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २ लाख दुई हजार नौ सय १८ पुगेको छ । साथै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १३ हजार नौ सय ३३ पुगेको छ ।ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले मुलुकको आर्थिक क्षेत्र खोल्न आग्रह गरेकै दिन ब्राजिलमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् ।
कोरोना भाइरसबाट दक्षिण अमेरिकामा सबैभन्दा प्रभावित बनेको ब्राजिलमा राष्ट्रपतिले लकडाउनको कारण अर्थतन्त्रमा ठूलो नोक्सानी पुग्ने बताउँदै आएका छन् । उनले लकडाउन हटाई आर्थिक क्रियाकलाप शुरु गर्नुपर्ने बताउँदै आएका छन् ।
बोल्सोनारोले साओ पाउलोका गभर्नर जोआओ डोरियासँग मुलुकमा महत्वपूर्ण आर्थिक गतिविधि पुनः शुरु गर्न आग्रह गरेका थिए । डोरियाले भने कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्ने नियम जारी गर्दै बोल्सोनारोले दिएको जिम तथा ब्यूटी पार्लर खोल्ने निर्देशन पालना नगर्ने बताएका थिए । -रोयटर्स
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी