
काठमाडौं । ब्राजिलमा बितेको २४ घन्टामा ३३ हजार २७४ जनामा कोरोना संक्रमण देखिएको छ। यति धेरै सख्यामा एकैदिन नयाँ कोरोना संक्रमित फेला परेको ब्राजिलमा हालसम्मकै उच्च हो । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म ब्राजिलमा संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ। जसमा ज्यान गुमाउनेको संख्या २८ हजार ८३४ पुगेको छ। बितेको २४ घन्टाको अवधिमा ब्राजिलमा ९५६ जनाको ज्यान गएको छ।
मृत्युको आँकडालाई हेर्ने हो भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो स्थानमा झरेको छ। फ्रान्समा हालसम्म २८ हजार ७७७ जनाको ज्यान गएको छ। विश्वमा मृत्यु र संक्रमणको संख्याको हिसाबले अमेरिका अग्रस्थानमा रहेको छ। हालसम्म अमेरिकामा १७ लाख ६९ हजार ७७६ जना संक्रमित देखिएका छन्। जसमध्ये १ लाख ३ हजार ६८५ जनाको ज्यान गइसकेको छ। – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्