Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट ब्राजिलमा एकैदिन ३३ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या कति?

अर्थ सरोकार

काठमाडौं । ब्राजिलमा बितेको २४ घन्टामा ३३ हजार २७४ जनामा कोरोना संक्रमण देखिएको छ। यति धेरै सख्यामा एकैदिन नयाँ कोरोना संक्रमित फेला परेको ब्राजिलमा हालसम्मकै उच्च हो । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म ब्राजिलमा संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ। जसमा ज्यान गुमाउनेको संख्या २८ हजार ८३४ पुगेको छ। बितेको २४ घन्टाको अवधिमा ब्राजिलमा ९५६ जनाको ज्यान गएको छ।
मृत्युको आँकडालाई हेर्ने हो भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो स्थानमा झरेको छ। फ्रान्समा हालसम्म २८ हजार ७७७ जनाको ज्यान गएको छ। विश्वमा मृत्यु र संक्रमणको संख्याको हिसाबले अमेरिका अग्रस्थानमा रहेको छ। हालसम्म अमेरिकामा १७ लाख ६९ हजार ७७६ जना संक्रमित देखिएका छन्। जसमध्ये १ लाख ३ हजार ६८५ जनाको ज्यान गइसकेको छ। – एजेन्सी
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK