
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ब्राजिल कोरोना भाइरसबाट संक्रमितको संख्यामा ब्राजिल तेस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । सोमबार ब्राजिलले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसबाट दुई लाख ५५ हजार तीन सय ६८ संक्रमित फेला परिसकेका छन् । यससँगै ब्राजिल संक्रमितको हिसाबमा बेलायतभन्दा पनि अगाडि देखिएको हो ।
अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट मृत्य हुने मानिसको संख्या पनि १६ हजार आठ सय ५३ पुगेको छ । यद्यपि ब्राजिलमा सरकारी तथ्यांकभन्दा वास्तविक तथ्यांक निकै बढी हुन सक्ने विशेषज्ञहरुले आशंका व्यक्त गर्दै आएका छन् ।
अहिले ब्राजिल कोरोना भाइरसको महामारी कसरी नियन्त्रणमा लिने भन्ने विषयमा राजनीतिकरुपमा विभाजित देखिएको छ । क्षेत्रीय गभर्नरहरु लकडाउन कार्यान्वयन गराउने पक्षमा रहँदा राष्ट्रपति जेयर बोल्सोनारो यसको विपक्षमा देखिएका छन् । -बीबीसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्