Skip to content
LAXMI SUNRISE BANK

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, दिनमै ८ सय १६ जनाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा आठ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ।  यो समेत गरेर ब्राजिलमा मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो ।
दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा निरन्तररुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट दुई लाख ३३ हजार १४२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा १४ हजार ९१९ नयाँ संक्रमित फेला परेका हुन् ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा चौथो स्थानमा आइपुगेको छ । संक्रमित संख्यामा ब्राजिलले स्पेन र इटालीलाई पछि पारेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK