×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : नेपालमा थप १७ कोरोना संक्रमणको पुष्टी, कुल संक्रमित संख्या २०८ पुग्यो !

GLOBAL IME BANK

Breaking : नेपालमा थप १७ कोरोना संक्रमणको पुष्टी, कुल संक्रमित संख्या २०८ पुग्यो !

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

नेपालमा थप १७ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ । यसअघि आजै दिउँसाे काठमाडाैं उपत्यकाबाहिरका ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८ पुगेकाे छ । पछिल्लाे पटक थपिएका १७ जना कुन-कुन जिल्लाका हुन् भन्ने जानकारी आइसकेकाे छैन । स्वास्थ्य मन्त्रालयले यस विषयमा केहिबेरमा औपचारिक जानकारी दिंदैछ । 

हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा २, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: