×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका समयमा सेयर बजार खुल्दा ‘दलाल घर’हरुमा यस्तो देखियो… हेर्नुहोस् ब्रोकर हाउसका दृश्यहरु (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लकडाउनका समयमा सेयर बजार खुल्दा ‘दलाल घर’हरुमा यस्तो देखियो… हेर्नुहोस् ब्रोकर हाउसका दृश्यहरु (भिडियो)

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । लकडाउन लागू भएपछि पहिलोपटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बाजरमा उच्च गिरावट हुने अनुमान सहित नियामक निकाय धितोपत्र वोर्डले परिसूचक नेप्सेमा दुई प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने नयाँ व्यवस्था लागू गरेको थियो । सोही व्यवस्था अनुसार दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेट सम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । 
नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको हो । डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९९ प्रतिशतले घटेको छ । बजारमा ८७ कम्पनीको २ सय ९१ कारोबारबाट १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैयाँको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर कारोबार भएको छ । सबै भन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन् । सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको ८ करोड ८८ ला ५७ हजार रुपैयाँ बढीको भएको छ । 
कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन् । सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषका शेयरधनीले पनि झण्डै ३ प्रतिशतले गुमाएका छन् । लकडाउनका समयमा सेयर बजार खुल्दा ब्रोकर हाउसहरु कस्ता देखिए ? हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी