×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्ध जयन्तीमा गुम्बा तथा चैत्यहरु सुनसान देखिए, घर–घरमा दीपावली गर्न सरकारको आह्वान (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

बुद्ध जयन्तीमा गुम्बा तथा चैत्यहरु सुनसान देखिए, घर–घरमा दीपावली गर्न सरकारको आह्वान (भिडियो रिपोर्ट)

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज वैशाख पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती । भवगान गौतम बुद्धको जन्म भएको आजको दिनलाई बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीका रुपमा मनाउँछन् । ईशापूर्व ५६३मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो । बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिर लगायत देशभरका बैद्ध बिहार तथा गुम्बाहरुमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रहदै आएको छ ।
 यस वर्ष भने कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको लकडाउनको कारण कुनै सार्वजनिक कार्यक्रम नगरी बुद्ध जयन्ती मनाईदै छ । काठमाडौंको स्वयम्भु पनि सुनसान देखिन्छ । यहाँ बुद्ध जयन्तीमा हुने पूजापाठ गरिएपनि कुनैपनि भक्तालुहरु देखिदैनन् । सरकारले बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ । यस्तै बुद्ध जयन्ती समारोह समितिले पनि घरमै बसेर बुद्ध जयन्ती मानाउन आग्रह गरेको छ ।
यसबैबीच २५ सय ६४ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै बुद्धका उपदेश र मार्गदर्शनको परिपालनाले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढन उत्साह उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा समेत गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्व शान्तिको चाहनामा तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सन्दर्भिक भइरहेको बताउँदै शुभकामना व्यक्त गर्नुभएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी