
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट पेस गर्ने भएका छन् । उनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट पेस गर्नेछन् ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिनेछ । यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ । कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिकलगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउने गरी बजेट प्रस्तुत गर्ने छन् ।
सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीसहित १६ खर्ब ९३ अर्ब रुपैयाँ हाराहारीको बजेट निर्माण गर्ने बताइएको छ । चालू आवको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको हो । अर्थमन्त्री खतिवडाले यसभन्दा अगाडी दुई वटा आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्