
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्नका लागि ‘ब्रिफकेस’ बोकेर अर्थमन्त्रालयबाट निस्किएका छन् । अर्थमन्त्री खतिवडा अर्थमन्त्रालयबाट बालुवाटारतर्फ लागेका हुन् । आज बिहिबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा ४ बजे पेश गर्ने कार्यसूची रहेको छ ।
संसदमा बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदको बैठकबाट पारित गर्नुपर्ने बैधानिक व्यवस्था छ । त्यसकै लागि अर्थमन्त्री खतिवडा अर्थमन्त्रालयबाट दिउँसो १ बजेट ३ मा अर्थमन्त्रालयबाट बालुवाटारतर्फ लागेका हुन् ।
यता फोटो खिच्न गएका पत्रकारहरुलाई फोटो खिच्नबाट रोक लगाइएको छ । ब्रिफकेससहितको फोटो खिच्न गएका उनीहरुलाई सुरक्षाकर्मी तथा अधिकारीहरुले रोक लगाएका हुन् । बिहीबार सिंहदरबारमा पनि सरकारी सञ्चारमाध्यममा कार्यरत मात्रै पत्रकारलाई प्रवेश दिइएको छ भने अन्य सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्