- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थमन्त्रीले बजेटमार्फत बीमाको पहुँच ४० प्रतिशत पुर्याउने सरकारले लक्ष लिएको र सबै स्वास्थ्यकर्मीको ५ लाखको विमाको व्यवस्था गरिएको घोषणा गरेका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक बर्ष २०७७-७८ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । बजेटको प्रत्यक्ष प्रशारण अर्थ सरोकार डटकमको फेसबुक पेजमा लाइभ प्रशारण भइरहेको छ ।