- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले मासिक १० युनिटसम्मको विद्युतमा महसुल पुरै छुट दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यस्तै सरकारले घरयासी साना विद्युत उपभोक्तालाई मासिक १० युनिट सम्म खपत गर्नेलाई निशुल्क, मासिक १ सय ५० युनिट खपत गर्नेलाई २५ प्रतिशत र २ सय ५० युनिट सम्म खपत गर्नेलाई १५ प्रतिशतले महसुल छुट दिने भएको छ । साथै खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् शुल्क मिनाहा र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ ।