×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारलाई एम्बुलेन्स बनाएर नि:शुल्क सेवा दिइरहेका युवकलाई कोरोना संक्रमण, ‘कन्ट्याक ट्रेसिङ’ हुँदै

GLOBAL IME BANK

कारलाई एम्बुलेन्स बनाएर नि:शुल्क सेवा दिइरहेका युवकलाई कोरोना संक्रमण, ‘कन्ट्याक ट्रेसिङ’ हुँदै

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा निजी सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि छन् ।
नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पु‍र्‍याउँथे । ‘हामीले पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका थियौं’ उनले भने, ‘उहाँहरुले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन नि : शुल्क सहयोग गर्दै आउनु भएको थियो ।’ उनले लकडाउनको अवधिमा सबै खर्च आफैंले ब्यहोरेर २ हजारभन्दा धेरैको सेवा गरेका थिए ।

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि ती पुरुषसहित ५१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।

५१ जनामध्ये ती पुरुषको मात्र रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई टेकु अस्पतालको आइसोलेसनमा लगिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले उनको सम्पर्कमा आएकाहरूको विवरण लिने र कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: