
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको दुई नेताबीचको भेटमा ३ दिनपछि बस्ने स्थायी कमिटीमा छलफल गर्ने एजेण्डाका बारेमा कुराकानी भएको बुझिएको छ ।
शनिबारको सचिवालय बैठकले पार्टीको कलह केही हदसम्म समाधान निकालेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता भएको हो । शनिबारको सचिवालयले २५ बैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकको तयारीका लागि २४ बैशाखमा पुन: सचिवालय बैठक बस्ने तय भएको छ।
दुई अध्यक्षबीच स्थायी कमिटी बैठक र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आइतबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्