
- अर्थ सरोकार सम्बाददाता
बुटवल । नेपालमा थप १० जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । बुटबलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका हुन् । दुई हप्ताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
उनीहरू सबै कपिलवस्तुका हुन् । यसअघि रुपन्देही कोटहीमाईका २४ वर्षया युवक पनि कोरोनालाई जितेर घर फर्केका थिए । शुक्रबार मात्रै बाँकेको खजुराको शुशिल कोइराला क्यान्सर अस्पतालबाट नेपालगन्जका २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्