
बुटवल – प्रदेश ५ को भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ ।
भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि आइतबारदेखि पीसीआर टेष्ट रोकिएको हो । शनिबार मात्रै रुपन्देहीको कोटहीमाई–१ का कोरोना संक्रमित युवाको दाइ र साथीको परिवारका १० जनाको परीक्षणसँगै किट सकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
‘हामीसँग भएको किट सकिएपछि पीसीआर जाँच बन्द भएको हो’ डा. गिरीले भने, ‘माथि जानकारी गराएर छिटो पठाउन भनेका छौं, किट आउन दुईतीन दिन लाग्छ होला ।’ चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा हालसम्म ३३४ जनाको कोरोना परीक्षण भएको छ । डा. गिरीकाअनुसार तत्कालका लागि पाँच सय किट माग गरिएको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवा, भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरी गरी प्रदेश ५ का तीनवटा प्रयोगशालामा दैनिक सरदर २० जनाको पीसीआर परीक्षण हुने गरेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए ।
तीन वटै प्रयोगशालामा आरडीटी किट पनि पर्याप्त छैन । ६५ हजार आरडीटी किट आवश्यक रहे पनि हालसम्म सात हजार मात्र आएको उनले जानकारी दिए । प्रदेश ५ मा भारतसहित विभिन्न मुलुकबाट दुई लाख भन्दाबढी नेपाली स्वदेश फर्किएका छन् । उनीहरु मध्ये साढे दुई प्रतिशतको मात्रै कोरोना परीक्षण गरिएको छ । हालसम्म प्रदेशमा पीसीआर र आरडीटी गरी ५ हजार जनामा परीक्षण गरिएको चौधरीले बताए ।
किट अभावकै कारण उनीहरुको परीक्षण चुनैतीपूर्ण बनेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वीकार गरे । ‘हामीले प्रयास गरेकौं छौं, तर किट अभाव भएपछि केही लाग्दो रहेनछ’ मन्त्री बरालले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्