Skip to content
LAXMI SUNRISE BANK

पूर्वविद्यार्थीद्वारा क्वारेन्टाइन बस्नेहरुका लागि तरकारी व्यवस्थापन गर्ने

अर्थ सरोकार

व्यास
काठमाडौं । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गरेका पूर्वविद्यार्थीले क्वारेन्टाइन बस्ने नागरिकका लागि एक महिना तरकारी व्यवस्थापन गर्ने भएका छन् । आफूले अध्ययन गरेको क्याम्पस प्राङ्गणमा बनाइएको व्यास नगरपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकलाई तिनले एक महिना तरकारीको व्यवस्थापन गर्ने गरी यही जेठ १५ देखि असार १५ गतेसम्मका लागि करीब रु.६० हजार बराबरको तरकारीको व्यवस्थापन गर्ने भएको हुन् । 
व्यास –४ बस्ने खनाल कन्स्ट्रक्सनका सञ्चालक लक्ष्मीभक्त खनाल, व्यास– २ घर भई हाल दक्षिण कोरियामा कार्यरत दिलीप मरासिनी, व्यास– ६ घर भई हाल कतारमा कार्यरत वरिष्ठ सुरक्षा अधिकृत सुजन पण्डित र व्यास– २ बस्ने अञ्जली ओभरसिज दमौलीका सञ्चालक एवं तरकारी निर्यातकर्ता गणेश अधिकारी गरी चार पूर्वविद्यार्थीले दैनिक रु दुई हजार बराबरको तरकारी व्यवस्थापन गर्ने बताएका छन् । स्थानीय तरकारी व्यवसायीमार्फत तनहुँमा उत्पादित तरकारी क्वारेन्टाइन रहेको क्याम्पसमा बिहीबारदेखि नै लैजान शुरु गरिएको चमेनागृह सञ्चालक रितेश खड्कीले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टाइन दैनिक करीब एक सय जना बस्ने गरेका छन् । -रासस
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK