×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

व्यवसायी चन्द्र ढकालको ज्यादति : लकडाउनमा तलब नदिन आइएमइ ग्रुपको ‘सामन्ती-सर्कुलर’! (सर्कुलरसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोनाको प्रकोप र लकडाउनको पीडामा परेका कर्मचारीहरुलाई बेतलबी विदा बस्न लगाएर आइएमइ ग्रुपले कर्मचारीमाथि ज्यादती गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापतिसमेत रहेका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिनेगरी सर्कुलर जारी गरेका हुन् । 
आइएमई ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजनमा कार्यरत ५ सयभन्दा बढी कर्मचारीलाई जेठ १ गतेदेखि लागू हुनेगरी बेलतबी बिदाको पत्र थमाइएको हो। आइएमई मोटर्स प्रालिले बैशाख ३१ गतेको निर्णयअनुसार सबै कर्मचारीलाई एकैपटक बेतलबी बिदाको पत्र दिएको बताएको छ ।  गत मे १३ मा जारी गरिएको सर्कुलरमा अनुसार कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण व्यापार घाटा व्यहोर्नु परेकाले कर्मचारीलाई बेतलबी बिदामा बस्न दबाव दिनु परेको उल्लेख छ ।

कर्मचारीको बिचल्ली, ढकालले प्रतिक्रिया दिनै मानेनन् !
यता कर्मचारीहरुले भने यस्तो नाजुक बेलामा बेतलबी बिदा लिन लगाएर कम्पनीले सामन्ती पारा देखाएको गुनासो पोखेका छन् । ‘कम्पनीबाट सामन्ती सर्कुलर आयो । जीवनभरको सबै मेहेनत गरेको ठाउँले यस्तो बेला यस्तो ढोका दिन्छ भन्ने सोचेका थिएनौं ।सरकारले हामीमाथि भएको अन्यायमा पनि हेरबिचार गरिदिओस् ।’ एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । यता चन्द्र ढकालले भने यस विषयमा प्रतिक्रिया नै दिन मानेनन्। केहि समयअगाडी नेत्र विक्रम चन्द नेतृत्वको पार्टीले ढकाललाई राष्ट्रिय भ्रष्टाचारी घोषित गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: