काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि चन्द्रागिरि नगरपालिकालाई यही जेठ ७ गतेसम्म सिल गरिएको छ । नगरपालिका सिल गरेसँगै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । यसैगरी, सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेस वार्ड स्थापना गरी कोरोना संक्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कोरोना भाइरस जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको यस नगरपालिकाभित्र कोरोना संक्रमित बढेपछि क्वारेन्टाइन थप गर्न लागिएको हो । नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिए ।
नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ । चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको क्वारेन्टाइन रहेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र मनमोहन अस्पताल दहचोकमा पनि क्वारेन्टाइन विस्तार गर्न लागिएको छ ।
हाल चन्द्रागिरिमा कोरोना संक्रमित देखिएका व्यक्तिलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गरिँदै आएको छ । हालसम्म यस नगरपालिकामा ५ जनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्