
- अर्थ सरोकार सम्बाददाता
चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ९ कार्यालयले तरकारी बेच्न पनि प्रतिबन्ध लगाएको छ । मंगलबार एक महिलामा कोरोना संक्रमण भेटिएपछि नगरपालिकाको वडा नम्बर ९ कार्यालयले तरकारी बेच्न पनि प्रतिबन्ध लगाएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको हो । वडाध्यक्ष देवेन्द्र महर्जनले सूचना जारी गरी निर्माण सामग्री ढुवानीमा पनि पूर्ण रुपमा रोक लगाएको छ ।
वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर निस्कन र कुनै पसलमा जाँदा सामाजिक दूरी कायम गराउन पनि आग्रह गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्