- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ५९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७.०२% कम हो। गत वर्षको सोहि अवधिमा संस्थाले ६४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन नाफा घटेको छ । यो चैत मसान्तसम्ममा कम्पनीले खुद ब्याज आम्दानी २.४५%ले बढेर १ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । गत वर्षको यस अवधिमा संस्थाले १ अर्ब २३ करोड खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा भने गत वर्षको तुलनामा १५.१० प्रतिशत घटेर २ करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १८ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष गत वर्षको तुलनामा ९ प्रतिशत घटेर १ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ।
यता, खराब कर्जा अनुपात ०.४१% पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ १५ पैसा प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १७.९७ गुणा रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्