
काठमाडौँ – अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले कोरोना भाइरसको उत्पति चिनियाँ प्रयोगशालाबाट भएको महत्त्वपूर्ण प्रमाण रहेको दाबी गरेका छन् । तर उनले अमेरिकी जासुसी निकायले निकालेको निष्कर्षमा भने विवाद गरेका छैनन्। जासुसी निकायले भने भाइरस मानव-निर्मित नभएको जनाएको छ।
‘यो भाइरस वुहानको प्रयोगशालाबाट आएको महत्वपूर्ण प्रमाण छ’ पोम्पेओले एबीसी टेलिभिजनसँग गत वर्ष चीनमा देखापरेको भाइरसलाई संकेत गर्दै भने। महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म विश्वभर २ लाख ४४ हजार बढी मानिसहरुको मृत्यु भइसकेको छ।
अमेरिकाका मात्रै ६७ हजार जनाको कोरोनाका कारण ज्यान गएको छ। ‘उत्कृष्ट विशेषज्ञहरूले यो मानव निर्मित भएको जनाएका छन्। मैले यसमा अविश्वास गर्नुपर्ने कुनै कारण छैनु’ पोम्पेओले भने। अमेरिकी जासुसी निकायहरूले त त्यस्तो निचोड निकालेका छैनन् नि भन्ने प्रश्नमा पोम्पेओले त्यसमा पनि विश्वास नगर्नु पर्ने कारण आफूसँग नभएको बताए।
अमेरिकी आरोपको आइतबार चिनियाँ ग्लोबल टाइम्सले सम्पादकीयबाट जवाफ दिएको छ। ‘ट्रम्प प्रशासनले कोरोनाभाइरस महामारीको विरूद्ध लड्न विश्वव्यापी प्रयासमा नलागी अभूतपूर्व प्रचार युद्धमा लागिरहेको छु,’सम्पादकीयमा भनिएको छ।
अमेरिकाका गुप्तचर रिपोर्ट र विश्लेषणसँग परिचित अमेरिकी अधिकारीहरूले भने चिनियाँ वैज्ञानिकहरूले जैविक हतियार रूपमा यो भाइरस प्रयोगशालामा बनाएको भन्ने विषयमा विश्वास गरेका छैनन् । उनीहरुले यो भाइरस वुहानको मध्यशहरको मासु बजारका वन्यजन्तुहरूसँग भएको मानवीय सम्पर्कको माध्यमबाट सुरू भएको हुनसक्ने वा वुहानका दुई सरकारी प्रयोगशालाबाट लिक भएको हुनसक्ने बताउँदै आएका छन् ।
पोम्पेओले बिहीबार कोरोनाभाइरस वुहान इन्स्टिच्युट अफ भाइरोलोजी, मासु बजार वा अन्य कुनै ठाउँबाट सुरू भयो भन्नेबारे थाहा नभएको बताए। तर ट्रम्पले सोही दिन भाइरस एक चिनियाँ भाइरोलोजी प्रयोगशालामा उत्पन्न भएकोमा दाबी गरेका थिए । यद्यपी उनले सोको प्रमाणका बारेमा विस्तृत बताउन भने अस्वीकार गरेका थिए । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्