- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चिनमा दुई जनामा संक्रमण भेटिएको पुष्टि भएको छ । दुईमध्ये एकजना विदेशी नागरिक हुन् । एक संक्रमित भने गुआंगडोङ्ग प्रान्तका नागरिक हुन् । विहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार कुनै पनि नयाँ संक्रमित भेटिएका थिएनन् । शांघाइमा बुधबार विदेशाट आएका संदिग्ध बिरामी फेला परेका थिए ।
चीनमा संक्रमितको संख्या ८२ हजार ९६७ पुगेको छ भने ४६३४ मानिसको मृत्यू भइसकेको छ । चिनमा अहिले केवल ८४ जना मात्र अस्पतालमा उपचार गरिरहेका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर छ । कोरोना महामारीको उद्गमस्थल चीन संक्रमितको संख्यालाई आधार मान्दा १३ औं स्थानमा रहेको छ