
काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त शाङसीको राजधानी सहरबाट नेपालका लागि सियानबाट कार्गो सेवा शुरु भएको छ । शुक्रबार सियानबाट पीभीसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरु बोकेको कार्गो सहितको रेल तिब्बत स्वायत्त प्रान्तको सिगात्से प्रस्थान गरेको हो ।
सिगात्सेबाट कार्गोका सामानहरु ट्रकमा हालेर काठमाडौं ल्याइने द चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडले बताएको छ । यो रेल शाङसीबाट नेपालमात्र नभई समग्र दक्षिण एसियाको लागि नै पहिलो सडक-रेल कार्गो ट्रान्सपोर्ट सेवा हो ।
यो रेल सेवा सञ्चालन र संयोजन द चाइना रेल-वे सियान ग्रुप कम्पनी लिमिटेड र चाइना रेल-वे कन्टेनर ट्रान्सपोर्ट कम्पनी लिमिटेडले संयुक्त रुपमा गरेका हुन् । यो कार्गो काठमाडौं आइपुग्न आठ दिन लाग्ने बताइएको छ । अहिलेपनि सिगात्सेसम्म नेपालका लागि चीनका अन्य केही प्रान्तबाट कार्गो आउने गरेको छ । नेपालका दुई महत्वपूर्ण नाका रसुवागढी र तातोपानी हुँदै कार्गोमा आएका सामान नेपाल भित्रनेछन् । -सिन्ह्वा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्