
काठमाण्डौ । कोरोनाभाइरस महामारीबीच अमेरिकी सांसद मार्क ग्रिनले संसदमा चीनमा रहेको अमेरिकी कम्पनीहरु फिर्ता बोलाउन एउटा प्रस्ताव पेस गरेका छन् । प्रस्तावमा जुन कम्पनी चीनमा आफ्नो उत्पादन बन्द गरेर अमेरिका फर्किन चाहन्छ उनीहरुलाई खास आर्थिक मद्दत दिने व्यवस्था गरिनुपर्ने उल्लेख छ। ‘द ब्रिंग अमेरिकन कम्पनिज होम याक्ट’ नाम दिइएको प्रस्तावमा त्यस्ता कम्पनीहरु चीनबाट फर्किंदा लाग्ने सम्पूर्ण खर्च व्यवस्था गरिने पनि उल्लेख छ । उनको यो प्रस्तावमा चीनबाट आयात हुने सामान लगाइने आयात घरबाट प्राप्त रकम नै त्यस्ता कम्पनीहरु फिर्ता ल्याउन उपयोग गरिनुपर्ने सुझाव दिइएको छ।
सांसद मार्क ग्रिनले अमेरिकी अर्थव्यवस्था आफ्नो खुट्टामा खडा हुन सकोस् भन्ने उद्देश्यले देशभित्रै लगानी आवश्यक रहेको बताए। ‘तर अमेरिकी कम्पनीहरु चीनबाट फर्किंदा लाग्ने खर्च सबैभन्दा ठूलो समस्या हुन सक्छ’, उनले भने ।
मार्कले चीनले आफू अमेरिकाको भरपर्दो मित्र नभएको पुष्टि गरिसकेको पनि बताए। ‘त्यसैले अमेरिका अब अगाडि बढ्नुपर्छ, चीनमाथिको निर्भरता खतम गर्नुपर्छ’, उनले भने, ‘यो हाम्रा लागि बाटो खोल्ने मौका हो। हामी आर्थिक मद्दतका माध्यमबाट देशमै लगानी बढाउन सक्छौँ ।’ – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्