
चितवन । भरतपुर अस्पतालको सघन उपचारकक्षमा मृत्यु भएका पुरुषको पिसीआर नतिजा नेगेटिभ आएको छ । रामग्राम नगरपालिका–८ नवलपरासी निवासी ४८ वर्षीय पुरुषको मृत्युपछि सोमबार गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार निमोनियाको सङ्क्रमणका कारण उनी आइतबार राति १२ बजे भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । उनको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको थियो । मृत्यु भएका ती पुरुषको स्वाब सङ्कलन गरी भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षण गरिएको थियो । छाती पोल्ने, स्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालबाट यहाँ पठाइएको हो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्