Skip to content
LAXMI SUNRISE BANK

२ साताअघि भारतबाट आएका चितवनका वृद्ध दम्पतीमा कोरोना संक्रमण पुष्टि…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा भारतबाट आएका तीन जनालाई कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको छ ।  संक्रमित भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दुई वृद्ध दम्पती र एक जना नवलपरासीका हुन् । 
उनीहरु चितवनबाट भारत गई क्यान्सरको उपचार गराएर जेठ १ गते चितवन फर्किएका थिए ।  वृद्ध दम्पतीका भारत गएका छोरामा भने कोरोना संक्रमण देखिएको छैन । उनीहरु दुई साता अघि भारतबाट आएको पाइएको छ । 
संक्रमित उनीहरुलाई अहिले भरतपुर कोरोना अस्पतालमा राखिएको छ । उनीहरुको अवस्था उमेर अनुसार सामान्य नै रहेको अस्पतालले जनाएको छ । यस्तैं नबलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक ४३ बर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको अवस्था पनि सामान्य छ । उनी भारतबाट नेपाल आएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK