
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चितवनको पुरानो मेडिकल कलेजको आइसोलेसनमा एक महिलाको मृत्यु भएको छ । रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको आइसोलेसनमा उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको हो । दम, उच्च रक्तचाप र ज्वरो आएपछि उनी उपचारको लागि आएकी थिईन ।
उपचारका क्रममा मृत्यु भएपछि उनको स्वाब परीक्षण गरिने भएको छ । कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
यसअघि पनि भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्