
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनकी ६३ वर्षीया महिला निको भएकी छिन् । कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।
अस्पतालमा राप्ती नगरपालिका – ८ की ती महिलाका २७ वर्षीय छोरासमेत कोरोना संक्रमणपछि उपचाररत थिए । छोरा केही समय अघि नै उपचारपछि निको भएका थिए । आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए। वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
हालसम्म नेपालमा २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्