×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनकी ६३ वर्षीया महिला पनि निको भईन्, अस्पतालले गर्यो डिस्चार्ज !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चितवनकी ६३ वर्षीया महिला पनि निको भईन्, अस्पतालले गर्यो डिस्चार्ज !

Artha Sarokar

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

चितवन । चितवनकी ६३ वर्षीया महिला निको भएकी छिन् । कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।
अस्पतालमा राप्ती नगरपालिका – ८ की ती महिलाका २७ वर्षीय छोरासमेत कोरोना संक्रमणपछि उपचाररत थिए । छोरा केही समय अघि नै उपचारपछि निको भएका थिए । आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए। वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। 
हालसम्म नेपालमा २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी