×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनकी कोरोना संक्रमित महिलाको चौथो परिक्षण, यस्तो आयो रिपोर्ट…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चितवनकी कोरोना संक्रमित महिलाको चौथो परिक्षण, यस्तो आयो रिपोर्ट…

Artha Sarokar

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन – कोरोना संक्रमित चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए ।  उनी हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । 
उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन् । वैशाख ३ गते गरिएको र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो । 
उनीहरु चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए । उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी