
- अर्थ सरोकार सम्बाददाता
चितवन । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार ७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको हो । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना निकालेर यसको औपचारिक जानकारी गराएको छ ।
कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । योसहित चितवनमा १७ सय ५ वटा नमूना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ । १० जनामध्ये चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् । चितवनका दुई जना निको भएर फर्केका छन् ।
अहिले भरतपुर अस्पतालमा एक जना, कोरोना अस्पतालमा पाँच जना छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले देवचुलीका दुई जनामा कोरोना पुष्टि भएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्