
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय संक्रमितहरुको जानकारी प्रेस विज्ञप्तिमार्फत गराउंदै आएको छ । तर मन्त्रालयले बिहिबार प्रेस विज्ञप्ति जारी मै गम्भीर त्रुटी गरेको पाइएको छ । बिहीबार बिहान ७ : ४५ बजे सार्वजनिक ५ जना संक्रमितको विवरण पुरानै संख्यालाई दोहोर्याएको पाइएको हो ।
मन्त्रालयका स-प्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको जनाइएको थियो। तर बिहान १० बजेर ४५ मिनेटमा अर्को विज्ञप्ति निकाल्दै मन्त्रालयले संक्रमितको संख्या २४५ नै रहेको उल्लेख गरेको छ। बिहान ७ बजेर ४५ मिनेटमा थपिएका भनिएका पाँचजना संक्रमित पुरानै संख्या दोहोरिएको मन्त्रालयले जनाएको छ ।
बिहान दोस्रो पटक निकालेको विज्ञप्तिमा धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएका उल्लेख थियो । सर्लाहीको धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपु र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना देखिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको थियो । त्यसैगरि महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उल्लेख थियो। त्यसअघि बिहीबारै बिहान ६ बजेर १५ मिनेटमा काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएको थियो ।
हेर्नुहोस् ७ :४५ सार्वजनिक गरिएको बिज्ञप्ति
हेनुहोस्, १०:१५ मा सार्वजनिक गरिएको विज्ञप्ति :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्