
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका १० लाखभन्दा धेरै मानिस निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १० लाख १४ हजार सात सय ६१ संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै जर्मनीमा एक लाख २३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
स्पेनमा पनि एक लाख १२ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । चीनमा अहिलेसम्म ७८ हजारभन्दा धेरै बिरामी निको भइसकेका छन् भने इटाली र इरानमा ७५ हजारभन्दा धेरै कोभिड-१९का बिरामी निको भइसकेका छन् । विश्वभर कोरोना भाइरसका समग्र संक्रमितको संख्या पनि ३२ लाख ५७ हजार नाघिसकेको छ भने दुई लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
चीनको वुहानमा निस्किएको कोरोना भाइरसको कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा १० लाख ६९ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । स्पेनमा संक्रमितको संख्या दुई लाख १३ हजारभन्दा धेरै पुगिसकेको छ भने २४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्