×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपटेड : शुक्रबार थप एकजनामा कोरोना पोजेटिभ, संक्रिमत संख्या १ सय २ पुग्यो (भिडियो रिपोर्ट )

PRIME CA

कोरोना अपटेड : शुक्रबार थप एकजनामा कोरोना पोजेटिभ, संक्रिमत संख्या १ सय २ पुग्यो (भिडियो रिपोर्ट )

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ । नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित भएका व्यक्ति १६ वर्षीय पुरुष रहेका छन् । 
अहिले सम्म संक्रमित हुनेमा ७४ जा पुरुष र २८ जना माहिला रहेका छन् । यस्तै कोशी अस्पतालमा उपचार भइरहेका ८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । यससँगै कुल डिस्चार्ज हुने बिरामीको संख्या ३० पुगेको छ । अहिले रुपन्देहीमा ३ जना, नेपालगंजमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगंजमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको प्रवक्ता देवकोटाले बताउनुभयो । प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । 
अहिले सम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेका छन् । यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, बागमती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वारेन्टाइनमा रेका छन् । यस्तै आइसोलेसनमा १ सय ३५ जना रहेका छन् । यसमध्ये ३ जना काठमाडौं उपत्यकामा रहेका छन भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन् । 
अहिले सम्म कुल पीसीआर प्रविधिबाट गरिएको परीक्षणको संख्या १५ हजार ४ सय ९२ पुगेको छ । यस्तै आरडिटी विधिबाट गरिएको परिक्षणको संख्या ५४ हजार ५ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ आरडीटी परीक्षण गरिएको छ । प्रदेश १ मा ६ हजार ८ सय ४९ परीक्षण भएको छ भने प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४, र सूदुरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ परीक्षण भएको छ । 
स्वीस सरकारले बिहीबार सरकारलाई ३० हजार थान पीसीआर टेस्टिङ किट उपलब्ध गराएको छ । किट उपलब्ध भएपछि पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि तिब्रता दिइने प्रवक्ता देवकोटाले बताउनुभयो । त्यसका लागि सकरारले शुक्रबार नै सबै प्रयोगशालामा किट पठाइसकेको उहाँले बताउनुभयो ।
हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: