×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जमा ९६ जना कोरोना संक्रमितहरुको उपचार हुँदै !

GLOBAL IME BANK

वीरगञ्जमा ९६ जना कोरोना संक्रमितहरुको उपचार हुँदै !

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जमा अहिले ९६ जना कोरोना संक्रमित व्यक्तिहरुको उपचार भइरहेको छ । उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पताल र सिद्धार्थ मा.विको आइसोलेसनमा राखिएको हो ।  
नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमित उपचाररत रहेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जनाएका छन् । जसमा ६३ जना पुरुष र ८ जना महिला रहेको पनि उनले बताए । यस्तै सिद्धार्थ माविमा बनाइएको आइसोलेसन कक्षमा २५ जना संक्रमित रहेका छन् । उक्त आइसोलेसन कक्षमा २ जना बालकसहित १७ जना पुरुष र ८ जना महिला रहेका छन् ।
पछिल्लो समय नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढेपछि सिद्धार्थ माविलाई सेमी आइसोलेसन वार्ड बनाइएको थियो । साथै गण्डक हस्पिटललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: