
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । काठमाण्डौको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार एक वृद्धालाई कोरोना संक्रमण देखिएको छ । दोलखा भिमेश्वर नगरपालिका -२ का ७६ वर्षीय वृद्धमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उनको अहिले त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको आईसीयूमा उपचार भइरहेको बताइएको छ ।
वृद्धलाईलाई काठमाण्डौको सिनामंगलस्ति केएमसी अस्पतालबाट बुधबार राति त्रिवि शिक्षण अस्पताल पुर्याइएको अस्पताल स्रोतले बतायो । गाउँमा लडेर टाउकोमा गम्भीर चोट लागेका वृद्धको न्यूरो सर्जरी गरिएका थियो। ती वृद्धमा बुधबार राति नै संक्रमण पुष्टि भएको बताइएको छ । ती वृद्धलाई गत जेठ ११ गते काठमाण्डौ ल्याइएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्