
गुल्मी । मदाने गाउँपालिका –६ मा एक बैंकरमा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर रिपोर्टमा ३१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको छ । बाँकी चार जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार मदानेका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पनि कहाँ र कसरी लाग्यो भन्ने थाहा हुन सकेको छैन ।
मदानेका ४१ वर्षीय शिक्षकमा यही जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालयले प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । तीमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज रिपोर्ट आएका पाँचमध्ये बैंक कर्मचारी एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्