
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा पुगेका व्यक्तिको स्वाब संकलन सुरु गरिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा गएको बिहिबार बेलुकी ज्यान गुमाएकी सुत्केरीको कोरोनाकै कारण ज्यान गएको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका व्यक्तिको नमुना संकलन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले जानकारी दिनुभयो ।
धुलिखेल अस्पतालसहित सिन्धुपाल्चोकको बाह्रबिसे वडा नम्बर ९ र बलेफी गाउँपालिका वडा नम्बर ७ र ८ सिल गरेर महिलाको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न टोली पनि परिचालन गरिसकिएको उहाँले बताउनुभयो ।
आज धुलिखेल अस्पतालबाट विज्ञसहितको टोली पनि बाह्रवबसे जाने स्वास्थ्य तथा मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भइ गएको वैशाख २५ गते सिन्धुपाल्चोक फर्किएकी महिलाको गएको बिहीबार नै ज्यान गए पनि कारण खुलेको थिएन । हिजो गरिएको परीक्षणमा कोरोनाकै कारण नै ज्यान गएको पुष्टि भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्