- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहिबार नेपालमा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित फेला परेका छन् । विहानै दुई जना र दिउँसो एक जना गरी तीन जना नयाँ संक्रमित थपिएका हुन् । यो संगै कुल संक्रमित संख्या २४६ पुगेको छ ।
संक्रमितमध्ये काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, कपिलवस्तुकी छ वर्षीया बालिका छन् । साथै नवलपरासीका ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । आज थपिएका तीन जनामा दुई पुरुष र एक महिला छन् ।
संक्रमितको सुची :
१- काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
२- कपिलवस्तुकी ६ वर्षीया महिला, १ जेठमा पत्ता लागेको
३- नवलपरासीको देवचुली १२ का ४९ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको