
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै अस्ट्रेलियामा मात्र ६ लाख मानिसले रोजगार गुमाएका छन् । सरकारले कोरोना रोक्नका लागि जारी गरेको लकडाउनका कारण अप्रिल महिनामा मात्रै ५.२ प्रतिशतबाट बेरोजगारीको दर ६.२ प्रतिशत पुगेको छ ।
महामारी फैलिएसँगै त्यहाँ ८.३ प्रतिशत मानिस रोजगारविहीन हुने अनुमान गरिएको अर्थशास्त्रीहरुले गरेका छन् । बेरोजगारी दर वृद्धि कारण अर्थव्यवस्थामा पर्ने असर बारे भन्न नसक्ने विज्ञहरुले बताएका छन् । अस्ट्रेलियामा सरकारको कल्याणकारी कार्यक्रमका कारण हालत नियन्त्रण बाहिर पुगेको छैन ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले कोरोना संक्रमण बढेसँगै दिनहरु निकै मुश्किल भएको बताएका छन् । ‘यो हैरान बनाउने स्थिति हो तर अप्रत्याशित होइन । तर जारी लकडाउनका कारण अवस्था नियन्त्रणमा आउने आशामा छु ‘ उनले भने ।
६० लाख अस्ट्रेलियाली नागरिकलाई सरकारले सब्सिडी प्रदान गरेको छ भने १० लाख अस्ट्रेलियालीले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् । अस्ट्रेलिया सरकारले जुन महिनासम्ममा १० प्रतिशत मानिस बेरोगार हुने अनुमान गरेको छ । -बीबीसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्