काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । संक्रमित सबै वीरगञ्जका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।