
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । विश्वमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ५७ हजार २३९ जनाको ज्यान गइसकेको छ । यो भाइरसबाट हालसम्म ३६ लाख ६२ हजार ६९१ जना संक्रमित भइसकेका छन् । जोन हप्किन्स युनिभर्सिटीद्वारा बुधबार बिहानसम्म जारी गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी मृत्यु र संक्रमितको संख्या अमेरिका र युरोपमा देखिएको छ।
अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १२ लाख ४ हजार ३५१ पुगिसकेको छ। जब कि त्यहाँ ७१ हजार ६४ जनाको ज्यान गइसकेको छ। उता यो भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमितको संख्या १ लाखभन्दा मुनि नै छ।
युरोपको कुरा गर्ने हो स्पेन, इटली, फ्रान्स र युकेमा कोरोना कारण अहिलसम्म ज्यान गुमाउनको संख्या १ लाख ९ हजार ९९६ पुगिसकेको छ। यसरी अमेरिका र यी चार युरोपेली मुलुकहरुमा गरी कोरोनाबाट कुल १ लाख ८१ हजारभन्दा बढीको ज्यान गइसकेको छ। जुन कुल मृतकको संख्याको ७० प्रतिशत हो। – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्